पार्बती बि.क बचाउ अभियानको लागि सहयोगको अपिल

0
1310

अनिष पन्थी
माघ २०७७ गुल्निसलाई कहिले के पर्छ कहिले के, आफ्नो दुवै मिर्गौला फेल भै जीवन मरणको दोसाँधमा परिरहनु भएकी गुल्मी रेसुङ्गा नगरपालिका वार्ड न८ कि ३४ बर्षिए पार्बती बिक यतिबेला मृत्युको मुखमा पुग्नुभएको छ ।
छबिलाल बिश्वकर्माकी श्रीमति पार्बती बिश्वकर्माको दुवै मिर्गौला फेल भएर उपचार गर्न पैसा अभाव भएपछि उक्त परिवार यतिबेला हार गुहार गर्दै चारै तिर भौतारिएका छन उपचारका लागि आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको रेसुङ्गा नगरपालिका वार्ड न ८ का स्थानिय मोहन बिश्वकर्माले जानकारी दिनुभएको छ ।
बिकको दुबै मिर्गौला फेल भएपछि अहिले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार भैराखेको बताइएको छ र उपचार गर्न आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको अभियान्ता बिश्वकर्माले जानकारी दिनुभएको छ। अहिले आर्थिकको अभावमा बिकको परिवार भौतारिएको छ सहयोगको लागि bank of kathmandu मा रहेको खाता नम्बर 053700001439524 मा जम्मा गर्न सकिने र फोन नम्बर 9866860879 मा समपर्क गर्न सकिने बताइएको छ।

SHARE