ज्येष्ठ नागरिकको आर्शिवादले काम गर्ने प्रेरणा मिलेको छ : नगर प्रमुख थापा

0
550

सुशीला रेग्मी

माघ १६,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिक समाजको अभिभावक भएको हुदा उहाँहरुकै आशिर्वाद लिएर काम गर्ने प्रेरणा मिलेको बताए ।
रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका अवसरमा बोल्नुहुदै नगर प्रमुख थापाले जीवन भोगाईका क्रममा दुख सुखका धेरै अनुभव संगाल्नुभएका समाजका अभिभावक ज्येष्ठ नागरिकले देखाएको सही बाटोमा लाग्न सकेमा समाज रुपान्तरण हुने बताए ।
नगर प्रमुख थापाले ज्येष्ठ नागरिकलाई समय बिताउने र खुशिका साथ जीवन जिउन नगरपालिकाले रामपुरमा ज्येष्ठ नागरिक बस्ने बृद्धग्र्राम स्थापना गर्न लागेको जानकारी दिनुहुदै परिवार नभएका, परिवार भएर पनि स्याहार संरक्षण नपाएका तथा एक्लो जीवन बिताएका ज्येष्ठ नागरिकलाई ग्राम स्थापना गरी बसोबासको व्यवस्था मिलाउने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले अभिभावक समाजको मार्गनिर्देशक भएको बताउनुहुदै ढल्कदो उमेरमा आफुलाई जन्मदिने अभिभावकलाई माया ममता गरेर खुशिका साथ जिउने वातावरण आफ्ना सन्ततिले सिर्जना गर्नुपर्ने बताए । उनले सम्मान सानो या ठुलो जे जस्तो भएपनि ज्येष्ठ नागरिकलाई माया सद्भावका साथ सम्मान गरेको बताए ।

वडा अध्यक्ष हिमाल मल्लले वडाको सानो वजेटबाट भएपनि ज्येष्ठ नागरिकलाई सम्मान वरुप यो वर्ष ७२ वर्ष देखि ७५ वर्ष उमेर समुहका ४४ जना ज्येष्ठ नागरिकलाई एक÷एक वटा ब्ल्याङ्केटले सम्मान गरेको बताए । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागीलाई वडा सदस्य माया नेपालीको स्वागतमा कार्यक्रमको उद्देश्यमाथि वडा सदस्य सावित्रा गौतमले जानकारी दिइन् ।

कार्यक्रममा नगर शिक्षा सदस्य बुद्धिप्रकाश रेग्मी, सम्मानित ज्येष्ठ सदस्यहरु गिरिराज पोखरेल, रम्मादेवी भण्डारी लगायतले बोल्दै ज्येष्ठ नागरिकलाई वडाले सम्झेर गरेको यस कार्यक्रम अत्यन्तै राम्रो रहेको बताए ।
वडाले उमेर ज्येष्ठताको आधारमा क्रमैसंग हरेक वर्ष सम्मान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७४ र ०७५ मा ४६ जना, आर्थिक वर्ष ०७५ र ०७६ मा ६२ जना, आर्थिक वर्ष ०७६ र ०७७ मा २८ जना ज्येष्ठ नागरिलाई सम्मान गरिएको वडा सदस्य काशीनाथ रेग्मीले जानकारी दिए ।
सहभागीलाई वडा सदस्य विष्णुप्रसाद बस्यालले धन्यवाद ज्ञापन गरे कार्यक्रमको संचालन कार्यालय सहायक सविता आलेले गर्नुभएको हो । रामपुर नगरपालिकाका अन्य वडाले पनि ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा, पौष्ट्रिकजन्य सामग्रीले सम्मान गरेका छन् ।

SHARE