सूर्य सुनार
माघ १४ ,२०७७ गुल्मी :नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बुधबार नवौँ बाषिृक साधारण सभा कार्यक्रम लसुनडाडाँमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले जनतालाई सही र सत्य समाचार प्रवाह गर्न जिल्लाका क्रियाशिल पत्रकारहरुलाई आग्रह गरे । पत्रकार भनेको एउटा विश्वासिलो पात्र भएकाले सदैव जनताको मनोभावना अनुसार काम गर्न सके राम्रो हुने उनको भनाइृ छ ।
पत्रकारलाई राज्यले राष्ट्रको चौथो अङ्गको रुपमा राखेको हुदाँ सत्य तथ्यमा आधारित समाचारलाई प्रवाह गर्न उनले आग्रह गरे । पत्रकारहरु कुनै राजनितिक दलमा आवद्ध नभई पत्रकारको धर्म अनुसार काम गर्न उहाँले पत्रकारहरुलाई आग्रह समेत गरे ।
नेपाल पत्रकार जिल्ला शाखा गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले पछिल्लो समय संञ्चार क्षेत्रमा काम गर्न संञ्चारकर्मीहरु उत्साहित भएको बताए । जब सम्म पत्रकार पेशाालाई व्यवसाहिक र अनुसाशित गर्न सके राम्रो हुने बताए ।
जिल्लाका पत्रकारहरु सबै एक भएर अधि बढन सके पत्रकारको एउटा संगठन बलियो हुने बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भुसालले कार्यक्रममा सहभागि हुने पत्रकारहरुलाई धन्यवाद ज्ञपान गरे । महासंघले २०६२ साल देखी नयाँ काम गरेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलो पटक अतिथि गृह सहितको भवन गराउन सफल भएकोमा खुशी व्यक्त गरे ।
मिडिया भनेको विश्वासिलो माध्यम भएकाले सबैको जनताको मन जित्न उनले आग्रह गरे
। कार्यक्रमको स्वागत मन्त्वय नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका उपाध्यक्ष अनिल खत्रिको रहेको कार्यक्रमको संचालन सचिब टोपलाल अर्यालले गरेका थिए ।