असंरक्षित बालबालिकाको संरक्षणमा लाग्न प्रजिअशर्माको आग्रह

0
253

सूर्य सुनार
माघ १२ ,२०७७ गुल्मी :नेपाल बाल संगठन जिल्ला तदर्थ समिति गुल्मीको पदस्थापन कार्यक्रम बालमन्दिर तम्घासमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रावेवी शर्माले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको पालन पोषणमा अभिभावकले ख्याल गर्नुपर्नेमा जोड दिइन् । बालबालिको स्वास्थ्य, शिक्षा, सहभागिता जस्ता अधिकारको लागि जिल्लाबाट अझै बढी काम गर्नुपर्ने शर्माले बताइन्।
जिल्लामा रहेका अनाथ बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, तथा आधारभूत आवश्यकता पुरा गर्न सबै लाग्नु पर्ने उनको भनाई छ।
हामीले बालबालिकाको क्षेत्रमा उनीहरुको आधारभूत आवश्यकता पुरा गरी राम्रो शिक्षा दिन सकेमा भोली देश निर्माणमा सहयोग हुने शर्माले बताइन् ।
कार्यक्रमका अध्यक्ष केशर बहादुर थापाले बालबालिका भनेको भोलीका देश निर्माता भएकाले उनीहरुको समयमै संरक्षण गर्नुपर्ने बताए ।
संरक्षण विहीन बालबालिकालाई राज्य भभिभावक भएर संरक्षण गर्नुपर्ने थापाको भनाई थियो । नेपाल बाल संगठन गुल्मीलाई सहयोग गर्ने सबैलाई थापाले धन्यावद ज्ञापन गरे ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख अशोक कुमार लम्साल, अनुसन्धान अधिकृत सञ्जय भण्डारी, रेसुङ्गा नगरपालिकाका शिक्षा अधिकृत विष्णु ज्ञवाली, तथा विभिन्न कार्यलयका प्रमुखहरुको उपस्थित रहेको थियो

SHARE