दुर्घटना कम गर्न सडक छेउमा होडिङ बोर्ड

0
641

तिलाचन पाण्डे
माघ १२,२०७७ गुल्मी : गुल्मीमा सवारी दुर्घटना कम गर्नका लागि सडक छेउमा सचेतना मुलक होडिङ बोर्ड राखिएको छ ।
दुर्घटनालाई कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना ग्रस्त क्षेत्रहरुमा सचेतना मुलक होडिङ बोर्ड राखेको कार्यालयका प्रहरी हवल्दार नबिन भण्डारीले जानकारी दिए ।
जिल्लाका अति दुर्घटना हुने स्थलहरु , रिडी ,छत्रकोट, भेडुवा , भगेरी, बाघमारे ,सेउघा लगायतका स्थानहरुमा होडिङ बोर्ड राखिएको अन्य स्थानहरुमा पनि राख्ने क्रम जारी रहेको भण्डारीले बताए ।
यसरी अति दुर्घटना हुने स्थानहरुमा होडिङ बोर्ड राख्नाले सडक दुर्घटना कम हुने कार्यालयले बिश्वास लिएको छ । पछिल्लो समयमा कार्यालयले सवारी चालक र सह. चालकलाई सडकमै ट्राफिक नियम सम्बन्धी जानकारी दिने कार्य पनि गर्दै आएको छ ।
गुल्मीमा सवारी दुर्घटनामा परी गत आर्थिक बर्ष २०७६।०७७ मा १५ जना र आर्थिक बर्ष २०७७।७८ को हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।
सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको पाण्डेकोे दाबी छ ।

SHARE