मन्त्री ज्ञवालीद्धारा चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास

0
428

माघ ११,२०७७ गुल्मी : चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलन्यास भएको छ ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बीच १८ करोड ६ लाख २७ हजार लागतमा ९ रोपनी २ आनामा निर्माण हुन् लागेको आवास सहितको अस्पताल भवन शिलान्यास गरेका हुन् ।
अस्पताल शिलान्यास गर्दै मन्त्रि ज्ञवालीले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने र अब कोहि नागरिक पनि स्वास्थ्य सेवा बात बन्चित हुन् नपर्ने बताए । उक्त कार्यक्रममा निस्शुल्क जग्गा उपलब्ध गराउने बिभिन्न २५ जना जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ,अतिथिहरुमा चन्द्रकोट गाउँपालिकाकि उपाध्यक्ष राधिका अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ, ससस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक अशोक लम्साल , रास्ट्रिय अनुसन्धान गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक् संजय भण्डारी, जिल्ला समन्वय समितिका सदस्यहरु, पररास्ट्र मन्त्रीका स्वकीय सचिव जंग नेपाली, राजनीतिक दलका प्रतिनिधिहरु, चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, समाजसेवी, बुद्धिजीवि, जग्गादाता, राष्ट्रसेवक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको संचालन प्रशासन, योजना तथा अनुगमन शाखाका प्रमुख शिव ज्ञवालीले गरेका थिए ।

SHARE