रेसुङ्गा क्षेत्रको विकासमा रकम अभाव हुन्न : मन्त्री ज्ञवाली

0
437

सुर्य सुनार
माघ ११,२०७७ गुल्मी: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गुल्मीको रेसुङ्गा क्षेत्र मा पछिल्लो समय महत्वपूर्ण विकास भएको बताएका छन । गृह जिल्ला गुल्मी आएएका मन्त्री ज्ञवालीले रेसुङ्गा क्षेत्रको अवलोकन गदै यस्तो बताएका हुन ।

रेसुङ्गा क्षेत्र मा सिडि निर्माण कार्य नमुना तरिकाबाट राम्रो बनेकोमा खुशी व्यक्त गदै मन्त्री ज्ञवालीले निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्याद ज्ञापन समेत गरे । साथै, रेसुङ्गा क्षेत्रको विकासको लागि आफुले बजेटको अभाव हुन नदिने समेत बताए ।

पछिल्लो समय चोरी शिकारी बढेको हुदाँ वन विनासलाई रोक्न, जथाभावी बाटो खोल्ने जस्ता कार्य गर्दा पर्यटकिय गुरु योजनामा रहेर काम गर्न र वातावरणलाई असर नहुने गरी काम गर्न मन्त्री ज्ञवालीले आग्रह गरे । रेसुङ्गा क्षेत्रमा वृक्षारोपण गर्दै मन्त्री ज्ञवालीले अब वृक्षारोपण गर्दा फलफुलको वृक्ष लगाउनु पर्ने अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे ।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चोरी शिकारी बढेको हुदाँ यसको संरक्षणको लागि सबैलाई सहयोग गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वृक्षरोपण गदै आफुले ५० वटा विरुवा रेसुङ्गामा सहयोग गर्ने बताइन् ।

SHARE