सन्धिखर्क नगरपालिका एक साता बन्द

0
525

माघ ६,२०७७ अर्घाखाँची : सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक साता बन्द गरिएको छ।

नगरप्रमुख र कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सोमबारसम्म कार्यालयको कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले जानकारी दिए ।

SHARE