पुल्चोक टी २० क्रिकेट प्रतियोगीता इडिफाई मिलनचोक बिजयी

0
433

अजय खड्का
माघ २०७७ गुल्मी : गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बिहीबार देखी संचालन भएको पुल्चोक टी २० क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ ।
सम्पन्न प्रतियोगीतमा सगरमाथा रोयललाई ६ विकेटले पराजित गदै इडिफाई मिलनचोक बिजयी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा न ८ तम्घासमा रहेको पुलचोक युवा क्लबले जिल्लाको चिदिचौर मैदानमा क्रिकेट प्रतियोगीता संचालन गरेको थियो । अन्तिम खेलमा सगरमाथा रोयल र इडिफाई मिलनचोक बिच प्रतिस्पर्धा भएको थियो ।
खेलमा टस जितेर ब्याटिंग रोजेको सगरमाथा रोयल्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनाउदै इडिफाई मिलनचोक सामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको गरेको थियो । सोहि लक्ष्य पछ्याउदै इडिफाई मिलनचोकले १६।३ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाउदै जित हाँसिल गरेको हो ।
इडिफाई मिलनचोकको ब्याटिंगमा अमृत कुवँरले सर्वाधिक ४७ रन, लक्ष्मण घिमिरेले १४ रन, आशिष पन्थीले १० रन, सुसन्देश पुनले ९ रन र तस्मील अलीले १ रन बनाएका थिए ।
उक्त खेलमा इडिफाई मिलनचोक टिमका अमृत कुवर म्यान अफ् दि म्याच घोषित हुनुुभएको थियो । यस्तै बेष्ट ब्याट्समेन सोहि टिमका सुसन्देश पुन र बेष्ट बलर सोहि टिमका हिमाल बोमरेल भएका थिए ।
बिजेता टिमलाई उक्त क्रिकेट प्रतियोगिताका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले पुरस्कार वितरणगरे। प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाएका छन् । लिग रोबिनको आधार भएको खेलमा ४ टिमको सहभागीता रहेको थियो

SHARE