रामपुरका कृषकलाई चैते धानको वीउ वितरण

0
367

सुशीला रेग्मी

माघ ६,२०७७ पाल्पाः चैते धानको पकेट क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ४ तल्लो बडवान क्षेत्रका कृषकलाई धानको वीउ वितरण गरिएको छ ।

रामपुर नगरपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अन्र्तगत पकेट क्षेत्र रहेको बडवान कृषक समुहलाई धानको वीउ वितरण गरिएको हो ।
रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय र कार्यपालिका सदस्य सिमादेवी रानाले बडवानमै पुगेर धानको वीउ समुहलाई हस्तान्तरण गरे ।
पकेट क्षेत्र कार्यक्रम संचालन गर्नका लागि छ सय किलो हर्दिनाथ जातको चैते धानको वीउ वितरण गरिएको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिए । साथमा रासायनिक मल समेत वितरण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा बडवान क्षेत्रमा गतवर्ष दुई सय रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको थियो भने यसवर्ष एक सय रोपनी क्षेत्रफल थप भई तीन सय रोपनी क्षेत्रफलमा रामपुर नगरपालिकाको सहयोगमा चैते धान खेती गर्ने तयारी छ ।
साथै चैते धानको ब्याड राख्ने तरिका सम्बन्धी कृषकलाई शाखा प्रमुख पाण्डेयले ज्ञान सीप सिकाएका थिए ।

SHARE