गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना , १४ जना घाइते

0
581

माघ १,२०७७ गुल्मी : गुल्मीमा बिहीबार जन्ती बोकेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन पुनले जानकारी दिए । जिप माथिल्लो घुम्ती देखि करिब २० मिटर तल सडकमा खसेको छ ।
जिपमा सवार १४ जना घाइतेहरु मध्ये कालीगण्डकी २ अर्बेनीका ५० बर्षका शिबलाल पाण्डे, ६० बर्षका ओमप्रकाश पाण्डे र ५५ बर्षका शोभाखर पाण्डेलाई शरीरका बिभिन्न भागहरुमा बढी चोट लागेकाले थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको पुनले बताए ।
अन्य घाइतेहरु ५३ बर्षका खिमानन्द, १४ बर्षकी हिरा , ५ बर्षका शिरिष , २८ बर्षका गोबिन्द, २५ बर्षका बेउला कृष्ण ,२० बर्षका नबिन ,२४ बर्षका हिमलाल ,२६ बर्षकी तुलसा , १६ बर्षका बिष्णु ,२८ बर्षका चालक राजन , ६५ बर्षका डण्डपानी न्यौपानेको स्याङजाको मिर्मीमा रहेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको पुनले बताए ।

SHARE