रेसुङ्गा नगरपालिकाको नगरसभा सम्पन्न

0
418

सूर्य सुनार
पुस २९,२०७७ गुल्मी :गुल्मीको रेसुङ्गा नगरपालिकाको नगरसभा बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
लोकतन्त्रको पुनर्वहाली पश्चात नयाँ संविधान निर्माण गरी स्थानीय तहको निर्वाचन सम्पन्न तथा जनप्रतिनिधिको वहाली भई कार्यसंञ्चालनको रेसुङ्गा नगरपालिका चौथो वर्षमा रहेको छ । जनताले आफनो सबैभन्दा नजिकको सरकारबाट सेवा प्रात्त गरिरहेका छन् ।
त्यस्तै आर्थिक वर्ष ०७७÷०७८ को हालसम्मको प्रगति प्रतिवेदन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगरको समग्र विकास र समृद्धिको लागि चौथो बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए।
आर्थिक विकास तर्फ नगरले कृषिमा आधुनिकीकरण, व्यवसायिकरण तथा कृषि मार्फत रोजगारी सिर्जना एवं पशुपन्छी विकास मार्फत आयआर्जनको विभिन्न कार्यक्रम संचालन गरी जनताको जिवन स्तरमा सुधार लिन नगरले विभिन्न कार्यक्रम गरिरहेको छ ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगरभित्र भइरहेका काम र हुन बाँकीरहेका कामको पनि प्रतिवेदनमा उल्लेख गरे। नगरलले आर्थिक वर्षको दोस्रो चौमासिकको मध्य सम्ममा नगरले गरेका समग्र प्रशासनिक तथा विकाशात्मक गतिविधिबाट पूँजिगत खर्च २२ प्रतिशत तथा प्रशासनिक चालु खर्च ३० प्रतिशत भएको र समग्र भौतिक प्रगति २७ प्रतिशत भएको प्रतिवेदनमा नगरप्रमुख भुसालले उल्लेख गरे ।
नगरपालिकाको एकमात्र लक्ष्य जनताका खुसीयाली बृद्धि गर्ने कार्यमा सबैले सहयोग गर्नुहुने प्रति नगरप्रमुख भुसालले धन्यावद व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य , वडासदस्य, कर्मचारी, र पत्रकारको उपस्थित रहेको थियो ।

SHARE