प्रधानमन्त्रीले जनतासामु आत्म समर्पण गरे : चन्द्र भण्डारी

0
416

पुस २७,२०७७ रुपन्देही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।चन्द्र भण्डारीले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको व्याख्यालाई मानेर अघि बढ्नुपर्ने बताएका छन्।

कांग्रेसले प्रधानमान्त्रीको कदमलाई असंबैधानिक भनिसकेको तर त्यसको अन्तीम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्र भएको उनले बताए।

रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा गरेको कार्यक्रममा भण्डारीले सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई सदर गरेमा चुनाबमा जानुपर्ने उल्लेख गरे। अहिले असंबैधानिक भयो भनेर हामीले भनेका छौं। त्यसको व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएको हुँदा त्यसले पुनस्र्थापना भन्यो भने पुनस्र्थापना र चुनाब भन्यो भने चुनाबमा जान्छ।’ उनले भने अहिलेको २१ औं सताब्दीमा कतिञ्जेल गरिबका छोराछोरीलाई ढुंगा हान्न लगाउने।’

चुनाबबाट गलत काम गर्नेलाई जनताले पाखा लगाएर नयाँ नेतृत्व दिन सक्ने भण्डारीको तर्क छ। आफ्नै असक्षमताले जनताका पक्षमा केही काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले जनतासामु आत्मसमर्पण गरेको उनको निश्कर्ष छ ।
‘कोरोनाका बेला पनि नेकपाभित्र जनजीविककाका सवाल भन्दापनिा बढी कुर्सी र पदकै लागि झगडा भइरहयो, कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’ भण्डारीले भने ।

कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उनले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने उनले बताए । फरक प्रशंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्बाचन क्षेत्र नै काटेर यताउता समेत गरिएको स्मरण गरे

SHARE