गुल्मीका ४१ वटा उजुरी अख्तियारमा

0
51

तिलाचन पाण्डे
पुस २६,२०७७ गुल्मी : गुल्मीका ४१ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा दर्ता भएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
भुसालका अनुसार स्थानीय तह (संघिय मामिला) तर्फ १५ वटा ,स्थानीय तहका शिक्षाका १३ वटा , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत २ वटा , प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको सिंचाइमा २ वटा , प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको खानेपानी र शहरी बिकासमा २ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै प्रदेशकै भौतिक पुर्वाधार र यातायात मन्त्रालय अन्र्तगत १ वटा , भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्ँत्रालय अन्र्तगत १ , कृषि पशुपन्छी मन्त्रालय अन्र्तगत १ , प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत १ , प्रदेशकै सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यमा १ वटा उजुरी दर्ता भएको छ । यस्तै संचार तथा प्रबिधि मन्त्रालय अन्र्तगत १ र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्र्तगत १ उजुरी दर्ता भएको छ ।
दर्ता भएका कुल ४१ उजुरीहरु मध्ये १३ वटाकोे फर्छौट भइसकेको भुसालले जानकारी दिए ।

SHARE