सुकुम्वासीलाई ३ वर्ष भित्र लालपूर्जाः मुख्यमन्त्री पोखरेल

0
272

पुस २३,२०७७ कपिलबस्तु : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सुकुम्वासी र अव्यवस्थीत बसोवास गर्दै आएका सबै नागरिकले ३ वर्ष भित्र लालपुर्जा पाउने बताएका छन्।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको खडैचामा आरटिओ कालोपत्रे सडकको समुद्घाटन गर्दै लालपुर्जा वितरणका लागि स्थानीय सरकार सँग सहकार्य भई लगत लिन सुरु भएको बताए ।

सुकुम्वासीलाई पुर्जा दिनका लागि पटक पटक भोट मागियो तर विपक्षीले अदालतमा मुद्धा हालेर काम गर्न अवरोध गरेको समेत दाबी गरे । प्रधानमन्त्रीले यस पटक कानुन नै संशोधन गरी भुमिहीनका समस्याको अन्त्यका लागि काम सुरु भएको बताए ।
सरकारले गरिब जनताका लागि हरेका वर्ष १ हजार घर समेत निर्माण गरि न्युन आय भएका जनताको मन जितेको उनको दाबी छ ।

प्रधानमन्त्री प्रति सर्मथन गर्दै उहाँले १४ वर्ष जेल र २ वर्ष कडा सेलमा वस्नु भएका केपि ओलीलाई लोकतन्त्र विरोधी भन्नु लोकतन्त्रको अपमान भएको बताए ।

SHARE