ह्वात्तै घट्यो सुनको भाउ

0
417

पुस २३,२०७७ काठमाडौं : साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रति तोला छापावाल सुन ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कारोबार भइरहेको छ महास‌ंघले जनाएको छ।

बुधबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामा ८०० रुपैयाँ र मंगलबार १ हजार १०० रुपैयाँले बढेको थियो।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। योसँग आज चाँदी प्रति तोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको थियो।

SHARE