सूर्य सुनार
पुस २०,२०७७ गुल्मी : रेसुंगा नगरपालिका २ का १६ बर्षीय अनिल विकलाई मजदुरहरुले पुन सहयोग गरेका छन् । विक यहि पुस ३ गते अटो दुर्घटनामा घाइते भएका थिए ।
उनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भएको थियो । निर्माण मजदुर हकहित संरक्षण समितिको नेतृत्वमा संकलन गरिएको सात हजार ६ सय १५ अनिलका बुवा सहविर विकलाई प्रदान गरिएको हो । अनिल अस्पतालमा उपचार खर्च तिर्न नसकेर अलपत्र परेका थिए । एक साता अघि पनि समितिले २७ हजार पाँच सय विक परिवारलाई प्रदान गरेको निर्माण मजदुर हकहित सरक्षण समितिका सल्लाहाकार भुवन राना मगरले जानकारी दिए ।
संकलित रकम समितिका कोषाध्यक्ष गितादेवि गैरे र सल्लाहाकार राना मगरले बि–टेलिभिजन मार्फत पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संकलन भएको एक लाख १२ हजार, रेसुंगा माविबाट ५४ हजार दुई, नगरपालिकाबाट पाँच हजार र वडा नं २ बाट १० हजार, प्रितम क्षेत्रीबाट ३५ हजार, अटो व्यावसायी मार्फत २० हजार तथा अन्य विभिन्न व्यक्तिबाट चार हजार पाँच सय संकलन भएको सहविर विकले जानकारी दिए ।