स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा

0
411

सन्तोष महतारा
पुस १९,२०७७ गुल्मी : गुल्मीमा स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा पढाउन सुरु गरिएको छ । सैद्धान्तिक शिक्षा भन्दा ब्यवहारीक तथा प्राविधिक शिक्षाको महत्व बढ्दै गएपनी सर्वसाधारण जनताले प्राविधिक शिक्षा हासिल गर्न सहज नभएको भन्दै स्थानीयले ग्रामीण क्षेत्रमा नै प्राविधिक शिक्षाको सुरुवात गरेका हुन् ।

निजी संघसंस्थाले चर्को मुल्य लिएर प्राविधिक शिक्षा पढाए पनी गरीब जनता भने त्यसको पहुँचमा नभएको भन्दै जिल्लाको मालिका गाउँपालिकाका स्थानीयको सक्रियतामा धार्मीक महोत्सवको आयोजना गरी ७३ लाख रकम संकलन गरेर प्राविधिक शिक्षाको सुरुवात गरिएको मालिका माध्यमिक विद्यालयले जनाएको छ ।

मालिका गाउँपालिकामा रहेका मालिका माध्यमिक विद्यालयमा प्राविधिक क्षेत्रको बाली विज्ञान विषयको पढाई निःशुल्क सुरुवात गरेको विद्यालयका प्रद्यानाध्यापक हेमराज पौडेलले बताए । “गाउँपालिकाभित्र हाम्रो विद्यालयमा मात्र प्राविधिक शिक्षा सुरु गरेका छौं ।” विद्यालयका प्राधानाध्यापक पौडेलले भने, “प्राविधिक शिक्षाको लागी शिक्षकको पनी ब्यवस्था भइसकेको छ ।”
स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र त्यहाँका स्थानीय कै पहलमा महायज्ञ मार्फत आर्थीक रकम जुटाएर निःशुल्क प्राविधिक शिक्षाको सुरुवात गरिएको विद्यालय ब्वस्थापन समिति अध्यक्ष कमला अर्यालको भनाई रहेको छ । अहिले विद्यालयमा कक्षा ९ बाट सुरु भएको बाली विज्ञान बिषय ४६ जनाले अध्ययन गरिहेका छन् । विद्यालयको सक्रियता पछि सरकारले पनि हौसला प्रदान गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
यसअघि मालिका क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा पढ्नको लागि चर्को मुल्य तिरेर पढ्नु पर्ने बाध्यता थियो । जिल्ला सदरमुकाम तम्घास नपुगी र बुटवल सहर नझरी प्राविधिक शिक्षा सम्भव थिएनन । अहिले आफ्नै गाउँमा बसेर निःशुल्क प्राविधिकि शिक्षा अध्ययन गर्न पाउँदा आफुहरु पनि निकै हर्षीत भएको विद्यार्थी सुरक्षा पौडेलको प्रतिक्रिया रहेको छ । अहिले प्राविधिक शिक्षाको कक्षा ९ बाट सुरु गरिएपनी अभिभावक र स्थानीय मिलेर प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजाने विद्यालयको योजना समेत रहेको छ ।
सैद्धान्तिक शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको भन्दै चारैतरिबाट प्रश्न समेत उठ्ने गर्दछ । प्राविधिक शिक्षा हासिल गरेपछि बेरोजगार बस्नु पर्ने बाध्यताको अन्त्य हुने र पढेको कुरा ब्यवहारमा लागु हुने प्राविधिक शिक्षक नुमराज पौडेलले बताए ।
सैद्धान्तिक शिक्षा भन्दा ब्यवहारीक तथा प्राविधिक शिक्षाको महत्व बढ्दै गएको समयमा स्थानीयहरु कै सक्रियतामा प्राविधिक शिक्षाको सुरुवात हुनुले चारैतीर सकारात्मक सन्देश दिएको छ । अब तल्लो तहबाट नै प्राविधिक शिक्षाको निःशुल्क पढाइ सुरु हुनुपर्ने स्थानीयहरुको प्रतिक्रिया रहेको छ ।

SHARE