प्रतिनिधिसभा विघटन बाध्यात्मक कदम :मन्त्री ज्ञवाली

0
533

पुस १८,२०७७ पाल्पा : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदनमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न अवरोध सिर्जना भएपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्। उनले प्रतिनिधिसभा विघटन संवैधानिक र लोकतान्त्रिक भएको पनि दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभा विघटन राष्ट्र र नेपाली जनताको हितमा चालिएको यो बाध्यात्मक कदम भएको बताए।

SHARE