पुस १७,२०७७ दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारले लामो समय देखि समस्यामा रहेको भूमिहीन र अव्यवस्थित बस्तीलाई सधैंका लागि हल गरेर जाने बताए।
शुक्रवार भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा तुल्सीपुर भएको अभिमुखीकरण कार्यक्रम मुख्यमन्त्री पोखरेलले यो समस्याप्रति प्रधानमन्त्री केपी शर्मा ओली अत्यन्त चिन्तित भएको समेत बताए।
उनले नेपालका राजनीतिक दलहरुले निर्वाचनको समयमा प्रतिबद्धता जाहेर गर्ने तर, पूरा नगर्ने भए पनि प्रधानमन्त्री ओलीले यस समस्या समाधान गर्न संकल्प लिएर अगाडि बढेको समेत बताए।