पुस ११,२०७७ बर्दिया : खरखडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बारबर्दियाका १ जनाको ज्यान गएको छ। राष्ट्रिय निकुञ्जले आज मात्रै तीन दिनका लागि खरखडाइ खुला गरेको हो।
निकुञ्जको चुरे क्षेत्रमा बनकस काट्न गएका बारबर्दिया सिउनिया घुस्राका ४२ वर्षीय वरन्तु थारुको भीरबाट लडेर ज्यान गएको हुन संक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बर्दियाको वनियाभारबाट सुरक्षाकर्मी र निकुञ्जको टोली घटनास्थल तर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।