कोरोनाका कारण बन्द रहेको हाटबजार संचालनमा

0
1176

पुस ११,२०७७ गुल्मी : कोरोना माहामारीका कारण बन्द रहेको रेसुंगा नगरपालिकाद्धारा संचालित हाट बजार संचालनमा आएको छ ।
माहामारीमा हाट बजार संचालन गर्दा भीडभाड हुने र संक्रमण फैलिन सक्ने भन्दै हाट बजार बन्द गरिएको थियो । अहिले स्वास्थ्य मापदण्डलाई पालना गर्दै हाटबजार संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिए ।
नगरपालिकाले कृषकले उत्पादन गरेका तरकारीहरुलाई खेत बारीमै गई खरिद गरिदिने गरेको छ । हाटबजारमा ताजा तरकारी सस्तो मूल्यमा पाइने गरेको स्थानीयहरुले बताएका छन् । कृषकको खेत बारीमै गएर तरकारी खरिद गरिदिँदा कृषकहरु बिचौलियाको मारमा पर्नुपर्ने अबस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ ।
यता जिल्लाको मालिका गाउँपालिकाले पनि पालिका भित्र घुम्ती हाटबजार संचालनमा ल्याएको छ ।
कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई घुम्ती हाटबजारको माध्यमबाट बिक्री बितरण गर्ने ब्यबस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । कृषकहरुलाई ब्यबसायीक बनाउनका लागि र किनेर खानुपर्छ भन्ने धारण बनाउनका लागि घुम्ती हाटबजार संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

SHARE