समृध्द चारपाला युवा अभियान द्वारा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण

0
870

रामकृष्ण कडेल
पुस १०,२०७७ गुल्मी : गुल्मीदरबार गाउपालिका अन्तरगत रहेको समृद्ध चारपाला युवा अभियान समुहले गाउपालिकाको चारपालाका विभिन्न बिध्यालयहरु र स्वास्थ्य सस्थाहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ को ठुलापोखरा माद्यामिक बिद्यालयका गरिब तथा जेहन्दार विद्यार्थी हरुका लागि ४९ थान सुइटर ,२००पिस माक्स र १ लिटर सेनिटाइजर , रेसुङ्ग बोडिङ इस्कुल ५०० पिस माक्स र १ लिटर सेनिटाइजर , गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ को इस्वरी उच्च मा।वि ९ थान सुइटर ,५५०पिस माक्स ,र १ लिटर सेनिटाइजर, गङ्गा नि मा बि वडा नम्बर ६ लाई ४१ पिस सुइटर ,५५० पिस माक्स ,१ लिटर सेनिटाइजर , त्यसै गरि दरबार देबिस्थान स्वस्थ चौकी का लागि १०० पिस माक्स, चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाइको लागि ५० पिस माक्स , भलाएचौर हेल्थ हर्टका लागि ५० पिस माक्स , ठुलान आधारभूत स्वास्थ्य केन्द्रका लागि ५० पिस माक्स ,चारपाला प्रहरी चौकी का लागि ५० पिस माक्स वितरण गरेको कार्यक्रमका संयोजक एबम समृध्द अभियान नेपाल प्रमुख भिम बहादुर टन्डनले जानकारी दिए ।
समृध्द चारपाला अभियान नेपालका प्रमुख ट्न्डनको अध्यक्षता ,वडा नम्बर ७ का वडाध्यक्ष टोप बहादुर बस्नेत प्रमुख आतिथ्यता ,वडा नम्बर ६ का वडाध्यक्ष हिरा बाहादुर खत्री को विशिष्ट आतिथ्यता , सस्था का सल्लाहाकार हरि अर्यल , रामु खत्री को विशेष आतिथ्यता एबम वडा नम्बर ६ र ७ का वडा सद्स्यहरु , समाजसेवीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी ७ नम्बर वडाका वडाध्यक्ष बस्नेतले युवाहरुको समाज सेवा प्रती को लगाब र सद्धभावको प्रशंसा गरे ।
त्यसै गरि ६ नम्बर वडाका वडाध्यक्ष खत्रीले युवाहरु समाजका अभिन्न अंग भएकोले समाज र देश बिकासका निम्ति युवाहरुको सहभागिता अपरिहार्य रहेको बताए ।

कार्यक्रममा सल्लाहकार हरि अर्यालले युवाहरु विभिन्न कुलतमा फसिरहेको बेला चारपालाका युवाहरु भने आफ्नो क्षेत्रमा रहेका गरिब असाहाय एबम अशक्तहरु लाई विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको प्रती गर्व महसुस भएको बताए ।

इस्वरी माबीका प्रधानाध्यापक हरि बहादुर कार्की ,गङ्गा नि मा बि का प्रधानाध्यापक इन्द्र थापा , ठुलापोखरा नि मा बि का प्रधानाध्यापक राम बहादुर खत्रीले सस्था लाई धन्याबाद ब्यक्त गरे ।
कुल ७३ हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष कमल राज कार्कीले जानकारी दिए। सस्थाले गरिब असाय एबम आर्थिक समस्याले गर्दा उपचार गराउन, बाट बन्चित थुप्रै लाई सहयोग गरि सकेको र आउने दिन हरु मा पनि सहयोग गर्ने सस्थाका सचिब बिकास ट्न्डन ले बताए ।

कार्यक्रम सस्थाका कोषाध्यक्ष एबम कार्यक्रमका ब्यबस्थापक हिमाल ज्ञवालीले सन्चलान गरेका थिए भने कार्यक्रम को स्वगत मन्तब्य प्रमुख सद्स्य अर्जुन अधिकारीले गरेका थिए । उक्त कार्यक्रम स्वदेस तथा बिदेस मा रहनु भएका चारपाला निवासी युवाहरुको आर्थिक सहयोग बाट साम्पन्न गरिएको सस्था का सचिब एबम कार्यक्रमका सहजकर्ता बिकास ट्न्डन ले जान्कारी दिए ।

SHARE