गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

0
579

गीता पाण्डे
पुस ५,२०७७ गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वामीटक्सारबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर चिउरी डाँडामा दुर्घटना हुँदा मुसिकोट नरगपालिका ५ की ३१ बर्षकी पार्वती बिकको घटनास्थलैे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
दुर्घटनामा परी इश्मा गाउँपालिका २ का चालक ३२ बर्षका कृष्ण कुमाल गम्भीर घाइते भएका छन् उनको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने अर्का एक जनाको नाम नखुलेको र उनको बामी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको हो ।

SHARE