
पुस ५,२०७७ गुल्मी : उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि। को प्रथम साधारण सभाबाट राजेन्द्र बिक्रम कुवर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा धुर्कोट गाउँपालिकाका सुर्य प्रसाद घिमिरे निर्बाचित भएका छन । सचिबमा घनश्याम खरेल, सह(सचिबमा राजन घिमिरे कोषाध्यक्षमा , सन्जिवनी अर्याल निर्वाचित भएका छन् । सदस्यहरुमा सन्तोष कुवर, बिन्दु मरासिनी, हिरा कुवर र रामकृष्ण न्यौपाने निर्वाचित भएका हुन ।
साधारण सभाबाट लेखा सुपरिवेक्षण समितको सयोजकमा भगवती श्रीस थापा, सदस्यहरु पुष्कर के सि र हिमालय के सि सर्बसम्मत रुपमा निर्वाचित भएको छन् ।







