सुशीला रेग्मी
पुस ५,२०७७ पाल्पा : पाल्पाको रामपुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सकिएको छ ।
मटेरी ब्याडमिन्टन क्लबको आयोजना तथा युथ युनियन मटेरी क्लबको सह आयोजनामा प्रतियोगिता भएको हो । खुल्ला ब्याडमिन्टन प्रतियोगितामा ४८ र ४५ वर्ष माथिका प्रतियोगितामा नौ समूह गरी ५७ समुहको सहभागीता रहेको छ ।
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम नवलपुर कावासोतीका राजाराम शर्मा र अक्छे क्षेत्रीको समुह, द्धित्तिय खैरेनीका कमल राना र तुलबहादुर थापाको समुह, ४५ वर्षका माथिको खेलमा प्रथम कमल राना र विष्णु रानाको समुह, द्धित्तिय लक्ष्मण बिसि र जितेन्द्र श्रेष्ठको समुह भएको छ । बिशाल बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए ।
मटेरी युथ युनियन क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल सरकारका पुर्व शाखा अधिकृत एवम् समाजसेवी श्यामकान्त खनालले गर्नुहुदै रामपुरमा खेल क्षेत्रमा युवाको सक्रियता बढ्दो रहेको बताउँदै आफ्नो तर्फबाट पनि सहयोग गर्दै जाने बताए ।
मटेरी युथ युनियन क्लबका सल्लाहकार तिलक मल्लको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दिपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । खेल मटेरी ठुलोठारमा भएको प्रतियोगितामा पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुरका खेलाडीको सहभागीता रहेको थियो ।