अमला टिप्न हिडेकी ५ बर्षे बालिकाको ढुंगाले लागेर मृत्यु

0
432

पुस ४,२०७७ गुल्मी : गुल्मीमा सडक बिस्तार गर्ने क्रममा ढुंगाले लागेर अमला टिप्न हिडेका पाँच बर्षकी बालिका जस्मिन रानाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–८ सल्यारमा लु १ क २३६२ नम्बरको जेसिबीले झुर्म सल्यार कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा ५ वर्षकीे जस्मिन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । रानाको शबलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइ सकिएको प्रहरीले जनाएको छ ।

SHARE