
सज्जन ढकाल
पुस २,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नं२ अर्बेैनीको पुछार टोलमा गए राती देबि प्रसाद न्यौपानेको गोठमा आगालागी हुँदा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
रातको करिब दुई बजेतिर विद्युत सर्ट भएर आगालागी भएको हुन सक्ने अनुमान गरिएको गोठ धनी देबि प्रसाद न्यौपानेले जानकारी दिए ।
जस्तापाताले छाएको गोठमा रहेका गाईगोरु र भैंसीलाई सुरक्षीत साथ निकालिएको छ । गोठ भित्र रहेको खर ,पराल,दारपात लगायत अन्य खरखजना सबै जलेर नस्ठ हुँदा करिब दुई लाख बराबरको आर्थिक क्षती भएको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।








