मुसिकोटमा उत्कृष्ट उधमी घोषण

0
339

पुस १,२०७७ गुल्मी :मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उधम गरिरहेका कुल १२५ उधमी मध्ये विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा परेका उधमीहरुको औपचारिक घोषणा गरिएको छ ।
साथै उनिहरुलाई ३ दिने ब्यावसायिक प्राबिधिक तालिमको सन्चालन गरिएको छ। उधमीहरुको ब्यबसायलाई कसरी राम्रोसङ्ग अगाडि बढाउन सकिन्छ उनिहरुको समस्या र त्यसको निराकरणमा यस तालिमले सहयोग पुर्याउने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नगर प्रमुख सोमनाथ सापकोटाले उत्कृष्ट उधमीलाई बधाई दिदै मुसिकोट नगरपालिकामा उधमी ब्यबसायीहरुलाइ नगरपालिकाले पुर्ण रुपमा सहयोग गरिरहेको साथै आगामी दिनमा यसलाई अझै बढाउदै लैजाने बताए ।

SHARE