बिहादी गाउँपालिकामा सरकारी कर्मचारी माथी कांग्रेसका वडा अध्यक्ष बाटै र्दुब्यबहार

0
407

मंसिर ३०,२०७७ पर्वतः बिहादी गाउँपालिकाका सरकारी कर्मचारीहरू माथी कांग्रेसका स्थानीय नेताहरूले र्दुब्यबहार गरेका छन ।
गाउँपालिकाको वडा नं १ बाच्छा बाट कार्यलयको गाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रमको लागि सञ्चारका साधनहरू लिएर आउने क्रममा वडा नं ३ रानीपानीमा कांग्रेसका केही नेता तथा कार्यकर्ताको समुहले गाडी रोकेर कार्यपालिकामा कार्यरत कर्मचारीहरूमाथी अति तुच्छ र निन्दनीय शब्दहरू प्रयोग गर्दै गालीगलौज तथा दुर्ववहार गरेका छन।

उक्त समुहमा स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर पराजित हुन पुगेका प्रबिन गुरूङ, कांग्रेस गाउपालिका अध्यक्ष बिष्णु भुसाल, युवराज भुसाल लगाएत अन्य स्थानीय कार्यकर्ता रहेको र आफूहरू माथी अश्लील शब्द प्रयोग गर्दै पालिकाका विभिन्न कर्मचारीलाई धम्कि दिएको गाउँपालिकाका एक पीडित कर्मचारीले बताए।
उक्त घटनामा बिहादी गाउँपालिका वडा नं ४ मा कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ को पनि संलग्नता रहेको पालिकाका लेखा संयोजक अर्जुन रिजालको भनाई छ।
कार्यपालिकाको काम सकेर कृषि संयोजक न्यौपाने , लेखा संयोजक रिजाल सहित सोही कार्यलयमा कार्यरत प्रबिन पोखरेल र भरत भुसाल गाडीमा फर्कदै थिए ।

यता कांग्रेसका नेता तथा कार्यकर्ताको केही थान हुलले गाउँपालिकाका कर्मचारी हरूमाथी गरेको उक्त हर्कतमाथी अनेरास्ववियू बिहादीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
यो वा त्यो बाहानामा पालिकाका सरकारि कर्मचारीहरू माथी हुने कुनै पनि दुर्ववहार र गाली गलौजको घोर भत्सर्ना गर्दै काँग्रेसी कार्यकर्ता तथा बिकास र समृद्धिका बाधकहरू द्धारा कर्मचारीहरू माथी हुने यी र यस्ता उच्छृङ्खल घटनाहरू नसहने र यस्को उचित जवाफ दिने स्थानीय युवा तथा अनेरास्ववियू नेता दिलिप पौडेलले बताए। सवलपोष्टबाट

SHARE