भष्ट्राचार बिरुद्ध काँग्रेस चुप लागेर बस्दैन : नेता जीवन परियार

0
529

मंसिर २९,२०७७ गुल्मी : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कम्युनिष्ट सरकार बिरुद्ध सदरमुकाम तम्घासमा बिरोध प्रदर्शन गरेको छ ।
बर्तमान सरकार भष्ट्राचारमा लिप्त भएको ,कोरोना नियनत्रण गर्न असफल भएको र सर्बसत्ताबाद लादेका भन्दै बिरोध प्रदर्शन गरेको नेपाली काँग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले बताए ।
तम्घासमा भएको बिरोध प्रदर्शनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीबन परियारले सम्बोधन गरे । बिरोधलाई सम्बोधन गर्दै परियारले बर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र ब्यक्तिगत स्वार्थमा मात्र लागेको आरोप लगाए । उनले बर्तमान सकारको चौतर्फी बिरोध भइरहेको सन्र्दभमा पनि सरकार कु–बाटोमा लागेको भन्दै अब काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

SHARE