गाउँ गाउँमा बिकासको लहर : मन्त्री बराल

0
375

मंसिर २७,२०७७ गुल्मी :लुम्बिनी प्रदेशका सामाजिक बिकासमन्त्री सुदर्शन बरालले गाउँं गाउँमा बिकासको लहर छाएको बताएका छन् ।
रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादीमा , ग्वादी माध्यमिक बिद्यालयको चारकोठे भवनको उद्घाटन र देउराली झोलुङ्गे पुलको शिलन्यास गर्दै मन्त्री बरालले यस्तो बताएका हुन ।
देशमा कम्युनिष्टको सरकार आइसेपछि जनताले बिकासको अनुभूती गर्न पाएको दाबी गर्दै मन्त्री बरालले गाउँगाउँमा खानेपानी , भौतिक पुर्वाधार , सिंचाई लगायतका बिकासले लहर छाएको बताए ।
प्रदेश सरकार स्थानीय जनताको जीबन स्तरमा परिवर्तन ल्याउनका लागि र आर्थिक रुपमा पनि सम्पन्न बनाउने गरि लागेको उनले बताए । स्थानीय स्तरमा ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बन्न सकिने भन्दै ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्न उनले आग्रह गरे ।
प्रदेश सरकारले उद्यमी गर्नेहरुका लागि बैङ्को ब्याजमा अनुदान दिने कार्यक्रम पनि रहेकाले गाउँमै स्वरोजगार बन्न सकिने उनले बताए । देशमै केही गर्छु र आत्म निर्भर बन्छु भन्नेहरुका लागि प्रदेश सरकार सधै साथमै रहेको दाबी गर्दै कृषि र पशुपालनको माध्यमबाट गरिबीको अन्त्य गर्न सकिने बताए । कृषिमा प्रदेश सरकारले अनुदान , कृषि उपकरणहरु अनुदानमा प्रदान गर्दै आएको बताए ।
अर्को फरक एक प्रसङ्गमा मन्त्री बरालले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धताहरुलाई पुरा गरेरै छाड्ने दाबी गरे । मन्त्री बराल दूई दिन गृह जिल्ला गुल्मीको आफनो निर्वाचन क्षेत्रका बिभिन्न कार्यक्रम , प्रदेश सरकारका योजनाहरुको अनुगमन र शिलन्यासका कार्यक्रमहरुमा सहभागी हुने मन्त्रीका स्वकीय सचिब यदु ज्ञवालीले जानकारी दिए ।
देउराली झोलुङगे पुल सडक पुर्वाधार बिकास कार्यालय गुल्मी र चन्द्रोदया निर्माण सेवा बझाङ बिच ५७ लाख ९७ हजार ९९९ रुपियाँमा (भ्याट बाहेक) २०७७ भदौ ३० गते सम्झैता भएको हो । उक्त सेवाले २०७८ मङसिर २८ गते कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । ग्वादी माध्यमिक बिद्यालयको ४ कोठे भबन सामाजिक बिकास मन्त्रालयको ४० लाख आर्थिक सहयोगमा निर्माण भएको हो ।

SHARE