बजेटको अभाब हुँदैन : मेयर सापकोटा

0
266

मंसिर २७,२०७७
गुल्मी : मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले सुरक्षित मातृत्वसगैँ कार्यक्रमको सफलता प्राप्तिका लागि घर परिवार समाज र स्वास्थ्यकर्मी सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् ।
पीएनसी घरभेट कार्यक्रम सम्बन्धी अभिमुखीकरण तथा सुक्ष्म योजना तर्जुमा गोष्ठीमा बोल्दै सापकोटाले यस्तो बताएका हुन् ।

सापकोटाले कार्यक्रम सञ्चालनको अवधीमा बजेटको अभाव भएमा वा कुनै पनिनीतिगत निणर्य गर्नुपर्ने अवस्था आएमा आफु सधै तत्पर रहने पनि प्रतिबद्धता व्यक्त गरे ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको महत्व र प्रभावकारीताका विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखीकरण गरिएको हो ।

पीएनसी घरभेट कार्यक्रम ४० जिल्लाका २ सय २९ स्थानीय तहमा सञ्चालित रहेको छ । नेपालमा हुने शिशु मृत्युदर मध्ये जन्मिएको एक घण्टाको अवधी भित्र १७ प्रतिशत, १ घण्टा देखि २३ घण्टा अवधीमा ४० प्रतिशत, ६ दिनको समयअवधी भित्र २२ प्रतिशत र ७ देखि २७ दिनको अवधी भित्र २१ प्रतिशतको मृत्यु हुने गरेको छ ।

SHARE