महिलाहरु सक्षम हुन आवश्यक : समन्वय प्रमुख पराजुली

0
399

मंसिर २५,२०७७ गुल्मी : जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले महिलाहरु सक्षम हुन आवश्यक रहेको बताएका छन् ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समिक्षा एवं अन्र्तक्रिया कार्यक्रममा पराजुलीले यस्तो बताएका हुन् । पराजुलीले महिलाहरु सक्षम भएमा हिंसाका घटनाहरुमा कमि आउनेमा जोड दिए ।
यस्तै पराजुलीले नेपालमा हिंसा गर्नेका लागि दरिलो कानुनी ब्यबस्था भएको भन्दै कार्यन्वयनमा इमान्दारीता आवश्यक रहेको बताए । कार्यन्वयनमा इमान्दारीता भएमा हिंसा गर्ने जो कोही पनि उम्किन नपाउने उनले बताए ।
यस्तै कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले लैंगिक हिंसा न्यूनिकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । पछिल्लो समयमा हिंसा गर्नेहरुका लागि कानुनी कारवाही हुने ब्यबस्था भएपनि अझै पनि घटना र हिंसाहरु लुकाउने प्रचलनका कारण पनि समस्या भएको बताए ।
यस्तै सामाजिक डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले हिंसाका घटनाहरु लुकाएका कारण समस्या भएको बताए । हिंसा पीडित महिलाहरुका लागि कार्यालयले सीपमूलक तालिमहरु संगै पुर्नस्थापनाका कामहरु यस आर्थिक बर्षमा हने बताए ।
यस्तै कानुनी ब्यबस्थाको बारेमा कानून मस्यौदा जिल्ला समन्वयकर्ता अधिबक्ता नेत्रलाल पाण्डेले सहजीकरण गरेका थिए । कार्यक्रममा स्थानीय तहका उपप्रमुखहरु , महिलाहरुको क्षेत्रमा रहेर काम गर्ने अधिकारकर्मीहरु , नागरिक समाज लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति गुल्मी र सामाजिक बिकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा भएको हो ।

SHARE