गुल्मीमा २० जना भन्दा बढी जन्ती जानमा रोक

0
422
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २५,२०७७ गुल्मी : गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले रोक लगाएको छ । कोरोना माहामारीको समयमा भिडभाड नर्गन र विवाहमा २० जना भन्दा बढी जन्ती जानमा रोक लगाइएको हो । जिल्ला कोरोना संकट ब्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।
यस्तै धार्मिक कार्य (दिवाली) तथा विवाहमा साउण्ड सिष्टम , बाजागाजा नबजाउन , नाचगान नगर्न र भोज भतेर पनि पारिवारीक रुपमा मात्र सिमीत गर्न प्रशासनले आग्रह गरेको छ ।
गुल्मीमा बिद्यालयहरु संचालन गर्दा कार्यढाँचा २०७७ मा गरिएका ब्यबस्थाहरुको पुर्ण रुपमा पालना गरी संचालन गर्ने र स्थानीय तहहरुले आवश्यक ब्यबस्था गर्ने पनि निर्णय भएको छ ।
यस्तै सार्वजनिक सवारी साधनहरुले जुनसुकै क्षेत्रबाट सवारी राख्ने र झार्ने कार्य गर्दा ट्राफिक ब्यबस्थापनमा असहज भएकाले बसपार्क क्षेत्रबाट मात्रै सवारी राख्ने र झार्ने कार्य गर्ने ब्यबस्था मिलाएको छ ।
सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु नराख्न पनि आग्रह गरेको छ यदि कसैले सिट क्षमता भन्दा बढी यात्रु राखे कारवाही गर्ने चेतावनी दिइएको छ
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सूचनालाई कसैले अबज्ञ गरे स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने उल्लेख गरिएको छ ।

SHARE