स्वास्थ्य सस्थाहरुको प्रथम चौमासिक समिक्षा सम्पन्न

0
820

रामकृष्ण कडेल
मंसिर २५,२०७७ गुल्मी : गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखा अन्तरगतका स्वास्थ्य सस्थाहरुको आर्थिक वर्ष ०७७र०७८ प्रथम चौमासिक समिक्षा बुधवार सम्पन्न भएको छ ।
गाउपालिकाका ७ वटै वडामा रहेका स्वास्थ्य चौकी बाट प्रदान गरिएका खोप , सुरक्षित मातृत्व, बृद्दि अनुगमन, ओपिडि, परिवार नियोजन, साथै बर्थिङ्ग सेन्टर स्थापना भएका सस्थाबाट प्रदान गरिएका प्रसुति सेवा लगाएतका विषयमा तिनिहरुको लक्ष्य र प्रदान गरिएको सेवाग्राहि सङ्ख्या प्रस्तुत गरिएको थियो ।
प्रत्येक सस्थाको छुट्टाछुट्टै प्रस्तुतीकरण पछि छलफल सुझाव सल्लाह र भावि योजना समेत तय गरिएको छ । कार्यक्रमका अध्यक्ष एवम् गुल्मीदरबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको काम अत्यन्तै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए ।
साथै स्वास्थ्य सस्थाहरुको सन्चालनको लागि आवश्यक पर्ने पुर्वाधारहरु पुरा गराउन आफु प्रतिवद्द रहेको पनि बताए ।
स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गुल्मिदरबार गाउपालिकाको सम्पुर्ण जनताहरुलाइ गुणस्तरिय , सर्वशुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्दै जनताको स्वास्थ्य स्थितिमा आमुल परिवर्तन ल्याउन स्वास्थ्य सम्बन्धी नविनतम कार्यक्रमहरु सन्चालन गरेर गाउपालिकाको थप पहिचान बनाउने लक्ष्य लाइ पुरा गर्नको लागि सबै स्वास्थ्यकर्मीहरुलाइ आह्वान गरे ।
स्वास्थ्य शाखाका स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रममा सम्पुर्ण सहभागी हरुको तर्फ बाट दरबार देविस्थान स्वास्थ्य चौकीका अहेव रामकृष्ण कडेलले धन्यवाद मन्तब्य राखे भन्ने कार्यक्रमको सहजिकरण एवम् सन्चालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।

SHARE