गुल्मीमा थप ७ जनामा संक्रमण पुष्टि

0
457

मंसिर २४,२०७७ गुल्मी : गुल्मीमा थप ७ जनामा कोारोना संक्रमण पुष्टि भएको छ ।
तम्घासको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा ४ जना रेसुंगा नगरपालिकाका ,२ जना रुरुक्षेत्रका र १ जना मालिकाका रहेका छन् । यो संगै गुल्मीमा कुल संक्रमितको संख्या ८९७ रहेको छ ।
कुल संक्रमित मध्ये ८२० जना उपचार पछि निको भएका छन् । बाँकी ६५ जनाको होम आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
गुल्मीका पाँच हजार ७२३ जनाको स्वाब परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संकमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।

SHARE