आज प्रधानमन्त्रीको सर्वदलीय बैठक

0
287

मंसिर २३,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताएका छन् ।

SHARE