गुल्मीमा ८२० जनाले कोरोना जिते , संक्रिय संक्रमित ५८ जना मात्रै

0
395
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २२,२०७७ गुल्मी : गुल्मीमा ८२० जना कोरोना संक्रमित निको भएका छन् ।
पाँच हजार ७०६ जनाको स्वाब परीक्षण गरिएकोमा हालसम्म गुल्मीमा ८९० जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ८२० जना निको भएर घर फर्किएका छन् भने बाँकी ५८ जनाको होम आइसोलेशनमा रहेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संकमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।

SHARE