तिलाचन पाण्डे
मंसिर २१,२०७७ गुल्मी :गुल्मीमा पाँच हजार ७०६जनाको स्वाब परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पाँच हजार ७०६ जनाको स्वाब परीक्षण गरिएकोमा हालसम्म गुल्मीमा ८९०जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ८२० जना निको भएर घर फर्किएका छन् भने बाँकी ५८ जनाको होम आइसोलेशनमा रहेर उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
पहिले गुल्मीबाट स्वाब संकलन गरी रुपन्देही , काठमाडौँ परीक्षणका लागि पठाइने गरिन्थ्यो भने हाल आएर गुल्मीमै कोरोना परीक्षण गरिएको छ । असोज बाट संचालनमा आएको कोरोना परीक्षण प्रयोगशाला तम्घासबाट एक हजार ८२७ जनाको परीक्षण गरिएको छ ।
जिल्लामा कोरोना संकमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।