रेसुंगा नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश सम्पन्न

0
861

मंसिर २१,२०७७ गुल्मी : १७औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका दिवश रेसुंगा नगरपालिकामा बिभिन्न कार्यक्रम गरि मनाईको छ ।
प्रत्येक वर्ष अन्तराष्द्रिय स्वयंसेवक दिवशको अवसरमा २०६१ देखी नेपालभर मनाउँदै आएको यो दिवश महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरुको योगदानको कदर स्वरुप मनाउँदै आइएको छ ।
यसै सन्दर्भमा रेसुङ्गा नगरपालिका अन्तरगत रहेका ८३ जना म.सा.स्वा.स्व.से.लाई नगरपालिकाबाट झोला र छाता बितरण गरिएको छ । नगरपालिकाले सधैं म.सा.स्वा.स्व.से.को योगदानको उच्च सम्मान तथा मूल्याङ्कन गर्दै आईरहेको, बाल तथा मातृ मृत्युदर कम गर्ने लगायतका स्वास्थ्य सूचकाङ्कहरु सुधारको लागि कोरोना महामारीको बीचमा पनि म.सा.स्वा.स्व.से.को अथक प्रयास साच्चिकै प्रसंशा र स्वागतयोग्य रहेको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।
म.सा.स्वा.स्व.से.हरुले जनस्वास्थ्यमा पु¥याएको योगदानलाई नगरपालिकाले उचित मूल्याङ्कन गरिरहेको र सो उर्जामा कमी आउन नदिईने स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए ।
म.सा.स्वा.स्व.से.हरुको कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउन सकिन्छ भनेर लागि परेको र त्यसमा जनप्रतिनिधी तथा कार्यालय प्रमुखबाट बेलाबेलमा मार्गदर्शन प्राप्त गर्ने गरेको उल्लेख गर्दै यो आर्थिक बर्षमा म.सा.स्वा.स्व.से.हरुलाई नगरपालिकाबाट मासिक यातायात तथा खाजा खर्च पाँच सयको दरले वार्षिक छ हजार प्रत्येक स्वयंसेबिकालाई प्रदान गरिने, निस्कृय रहेका स्वास्थ्य आमा समूहलाई सहोगात्मक भूमीकाको माध्यमबाट सक्रिय गराउने, स्वेच्छिक बिदाई तथा उमेर हद पुगेर सम्मानजनक बिदाई हुने प्रत्येकलाई नगरपालिकाबाट सम्मान रकमको व्यबस्था, झोला तथा छाता बितरण लगायतका बिभिन्न कार्यक्रमबाट म.सा.स्वा..से.हरुलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए ।

SHARE