रेसुंगा नगरपालिकाका सबै बिद्यालयलाई कोभिड लक्षित सामाग्री बितरण

0
681

मंसिर २१,२०७७ गुल्मी : रेसुंगा नगरपालिकाका बिद्यालयलाई कोभिड–१९ लक्षित बिभिन्न सामाग्री बितरण गरेको छ ।
कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गैरहेको र बिद्यालय पनि संचालन भैरहेको परिपे्रक्ष्यमा बिद्यार्थी तथा शिक्षकहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेकोले सो जोखिमलाई कम गर्नु नगरपालिकाको प्रमुख दायित्व रहेकोले सो सामाग्री बितरण गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

पछिल्लो समयमा बिद्यार्थी तथा शिक्षकहरुमा पनि कोभिड–१९ को संक्रमण देखिएको र सो संगसंगै अन्य व्यक्तिहरु पनि धेरै संख्यामा संक्रमित देखिएकोले नगरक्षेत्रमा ९ दिन लकडाउन गरिएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख भुसालले आगामी दिनमा कोरोना संक्रमणबाट जोगाउँदै जनजीवन सामान्य गराउने कार्य चुनौतीपूर्ण रहे पनि नगरपालिकाले बिभिन्न कार्यक्रम अगाडि सारेकोले त्यसमा सफल हुने बताए ।
सामाग्री ग्रहण गर्दै महेन्द्र मा.बि. तम्घासका प्राचार्य युबराज ज्ञवालीले नगरपालिकाले बिद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाई महत्व दिदैं सामाग्री हस्तान्तरण गरेकोमा धन्यबाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।
सामुदायिक मा.बि.लाई १ वटा थर्मल गन, बिद्यार्थी तथा शिक्षकहरुको संख्या हेरी ५.५ देखि १०.५ लिटरसम्म सेनिटाईजर, प्रत्येक बिद्यार्थीहरुलाई पुग्ने गरि कपडाको मास्क, शिक्षकहरुको लागि सर्जिकल मास्क लगायतको सामाग्री बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए ।
एउटा बिद्यालयलाई अधिकतम ३५ हजार मूल्य पर्ने सामाग्री बितरण गरिएको उल्लेख गर्दै अर्यालले सदरमूकामका बिद्यालयमा बिद्यार्थी तथा शिक्षकको संख्या बढी हुनु स्वभाविक भएकोले ११ हजार भन्दा बढी बिद्यार्थीलाई पुग्ने गरि मास्क बितरण गरिएको बताए ।
हालसम्म रेसङ्गा नगरपालिकामा २१६ जनामा कोभिड–१९ को संक्रमण देखिएको र सक्रिय संक्रमितको संख्या ३२ जना रहेको पनि स्वास्थ्य शाखा प्रमुम अर्यालले जानाकारी दिए ।

SHARE