अर्काको नाममा परीक्षा दिँने पक्राउ

0
397

सुर्खेत र काठमाडौं : प्रहरीले सुर्खेतबाट अर्काको नाममा परीक्षा दिँदै गरेका एक परीक्षार्थीलाई पक्राउ गरेको छ। प्राविधिक प्रहरी जवानतर्फको परीक्षा रामजंग शाहीको नामबाट दिँदै गरेका राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारेको थियो।

उनले वीरेन्द्रनगर नगरपालिका(७ स्थित लोकसेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका(४ बस्ने २३ रामजंग शाहीको नामबाट दिइरहेका थिए। पक्राउ पर्ने शाही हुम्ला सर्केघाट गाउँपालिका(४ बस्ने २२ वर्षीय छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहाबाट

SHARE