महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस गुल्मीदरबारमा सम्पन्न

0
988

रामकृष्ण कडेल ,
मङ्सिर २० ,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ स्थित दरबार देबिस्थान स्वास्थ्य चौकी मा १७ औ महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइएको छ ।

दरबार देबिस्थान स्वास्थ्य चौकी ब्यवस्थापन समिति उपाध्यक्ष तुल्सा अर्याल को सभापतित्व, गुल्मीदरबार गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ ।
प्रत्येक बर्षको डिसेम्बर ५ तारिख का दिन विश्वभर मनाइने यो दिवस यो बर्ष २०२० को नारा कोभिड १९ रोकथाम र समृद्धि का लागि सम्युक्त्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका को भुमिका अपरिहार्य भन्ने मुल नाराका साथ दरबार देबिस्थान स्वास्थ्य चौकीमा पनि एक औपचारिक कार्यक्रम गरि स्वास्थ्य चौकी अन्तरगतका १२ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ सम्मान गरिएको छ ।
प्रमुख अतिथि र सभापतिले टिका माला र दोसल्ला ओडाएर सम्मान गरेका थिए।

यसै विच गुल्मीदरबार गाउपालिका बाट भर्खरै नियुक्त भै आउनु भएका हेल्थ असिस्टेन्ट गणेश कार्कीलाइ स्वागत समेत गरिएको थियो ।
अनमि सुमन पन्थीको स्वागत मन्तब्य रहेको कार्यक्रम मा प्रमुख अतिथि , सभापति , वडा सदस्य लक्ष्मी सुनार , महिला स्वास्थ्य स्वयम् सेविका सीता श्रेष्ठ र अहेव रामकृष्ण कडेलको शुभकामना मन्तव्य रहेको थियो भने कार्यक्रम को सन्चालन स्वास्थ्य चौकी प्रमुख जुनाकला बस्नेतले गरेकी थिइन् ।

SHARE