मंसिर २०,२०७७ दाङ : दाङमा पछिल्लो समय सर्वसाधरणहरु कोरोना महामारी नै नभएजस्तै बजारमा बेपर्वाह गर्र्दै हिँडिरहेका छन्।
सर्वसाधरणहरु बेपर्वाह हिँड्न थालेपछि स्थानीय प्रशासनले भने कोरोना जोखिम उत्तिकै रहेकाले कोरोना संक्रमणको जोखिमबाट बच्न मास्कबिना बजारमा हिँड्डुल गरेका नागरिकलाई मास्क लगाउन आग्रह गर्ने अभियान चलाएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षाकर्मीहरु दाङका प्रमुख बजार तुलसीपुर, घोराही र लमही क्षेत्रमा पुगेर सर्वसाधरणलाई मास्क लगाउन आग्रह गर्दै आएका छन्।