काँग्रेसले २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

0
241
फाइल फोटो

मंसिर १९,२०७७ काठमाडौं : नेपाली काँग्रेसले देश र जनताका ज्वलन्त विषयमा छलफल गर्न सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार , ‘‘बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बर्धन कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकाले संसद्देखि सडकसम्म अब खबरदारी गर्छौ ।’’
तनहुँ जिल्लामा मङ्सिर १७ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्ने क्रममा विवाद हुँदा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको विषयमा रुष्ट बनेको काँग्रेसले ७७ जिल्लामा विरोध प्रदर्शन लागेको हो ।

SHARE