मालिकामा प्याराग्लाइडिङको सफल परीक्षण

0
380
फाइल तस्बिर

डिबी खड्का
मंसिर १८,२०७७ गुल्मी : प्याराग्लाइडिङको सभ्भावना भएको मालिका गाउँपालिकाको चार नम्बर वडास्थित देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो।
बुधवार आयोजित एक कार्यक्रमका विच सुरु भएको प्याराग्लाइडिङ परिक्षणको पूर्वमन्त्री एवम् गुल्मी जिल्लाको क्षेत्र नम्बर९२ का प्रतिनिधि सभा सदस्य गोर्कण विष्टले उद्घाटन गरे। उद्घाटन गर्दै विष्टले प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने बताए।

‘‘मालिका गाँउपालिकाको देउराली डाँडामा प्याराग्लाइडिङको नियमित उडान गरी हामी यस क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने छौं,” उनले भने।
त्यस्तै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले पनि प्याराग्लाइडिङ गौरवको योजना रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर नियमित रूपमा सञ्चालन गर्ने बताए। ‘‘प्याराग्लाइडिङ सञ्चालन गरी यहाँ रोजगारीका अवसर सिर्जना गर्छौं त्यसका लागि हामीले आजै बाट तयारी थालेका छौं,” उनले भने।

प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित नराखी नियमित सञ्चालन गर्नुपर्ने र त्यसका लागि मालिका गाउँपालिका योग्य रहेको प्यारागलाइडिङ सञ्चालक भुवन गाहाले बताए।
प्याराग्लाइडिङको सफल परीक्षणसँगै मालिका गाउँपालिकाको पर्यटन विकासमा नयाँ ढोका खोलिएको छ।
विकासका पूर्वाधारलगायत भौगोलिक हिसाबले पनि विकट यो गाउँपालिकाको विकासमा पर्यटनसँगै प्याराग्लाइडिङ पनि गतिलो माध्यम बन्न सक्ने सभ्भावना देखिएको छ।

SHARE