फरक क्षमता भएका बिद्यार्थीहरुलाई सुइटर र ज्याकेट बितरण

0
916

अजय खड्का
मंसिर १८, गुल्मी :
गुल्मीको रेसुङ्गा नगरपालिकाले फरक क्षमता भएका बिद्यार्थीहरुले पढने बिद्यालयमा न्यानो कपडा सहयोग गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा रेसुङ्गा नगरपालिका वडा नम्बर–९ को उपल्लो तम्घास माध्यमिक बिद्यालयमा नगरपालिकाले सुइटर र ज्याकेट बितरण गरेको हो ।
बिद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डिल्लीराज भुसालले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख भुसालले उक्त विद्यालयलाई गुणस्तरीर बनाउन लागीरहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै उपप्रमुख सिता भण्डारीले आफुहरु निवार्चित भएर आएपछि यस्ता अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको र भविष्यमा पनि यस्तो सहयोग निरन्तर रहिरहने बतइन ।
शिक्षण पेशामा सबैभन्दा गर्व गर्न लायक क्षेत्र अपाङ्गता भएका बालबालिकाहरुलाई अध्ययन गराउनु, मार्गदर्शन गर्नु लगाएत रहेको बताउदै यस्तो पेशालाई पुण्य कामगरेको महशुष गर्न रेसुङ्गा नगरपालिका वडा नं ३ का वडाध्यक्ष थम्मन बहादुर केसिले आग्रह गरे ।
अपाङ्गता भएका व्याक्तिहरुलाई दया मायाँ संगै अवसरको खाँचो भएकाले त्यसको समेत वातावरण तयार गरीदिनुहुन सोहि विद्यालयकी प्रधानाध्यपक पिंकि भुसालले आग्रह गरिन । साथै परक क्षमता भएका विद्यार्थीहको उक्त विद्यालयमा ५ कक्षा सम्म मात्र अध्ययन हुने भएकोले त्यो भन्दा माथिल्लो कक्षा सम्म पढाउन आवश्यक स्रोत शिक्षकहरुको दरबन्दी लगाएत अन्य व्यवस्थाहरु पनि मिलाइदिनुहुन आग्रह समेत गरिन ।
बिद्यालयमा जिल्ला भरका ११ वटा स्थानीय तहका ३६ जना फरक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन्

SHARE