गाउँपालिकाको केन्द्र निर्धारण भएको खुसीमा बिहीबार सार्वजनिक बिदा

0
319

मंसिर १८ ,२०७७ गुल्मी : गुल्मी जिल्लाको इश्मा गाउँपालिकाले गाउँपालिकाको केन्द्र टुंगो लगाएको छ ।
बुधबार बसेको गाउँसभाको बैठकको दूई तिहाइ मतले गाउँपालिकाको केन्द्र निर्धारण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।
गाउँपालिकाले हालसम्म बिबादका कारण केन्द्रको टुंगो लगाउन सकेको थिएन । बुधबारको गाउँसभाले इश्मा गाउँपालिका वडा नं ५ को रातापोखरामा केन्द्र तोकेको हो । रातापोखरामा केन्द्र निर्धारणको पक्षमा २१ मत र बिपक्षमा ८ मत परेको थियो ।
गाउँपालिकाको केन्द्र निर्धारण भएपश्चात बिहीबार गाउँपालिकामा सार्वजनिक बिदा दिने र साँझ घरघरमा दीप प्रज्वलन गरि खुसीयाली आदान प्रदान गर्नका लागि पनि गाउँपालिकाले आग्रह गरेको छ ।

SHARE