तीन कम्पनीविरुद्ध ४१ करोडको राजस्व छलीमा मुद्दा

0
346

मंसिर १७,२०७७ काठमाडौं :राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

तीन कम्पनी र व्यक्तिविरुद्ध कूल ४१ करोड तीन लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

विभागले बुधबार एक सूचना जारी गरी पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारीसमेत तीन व्यक्तिले रु आठ करोड २४ लाख बिगो बराबरको राजस्व छली गरेको आरोप लगाएको छ।

SHARE